Swasthya Awaj
प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्नः जुम्ला घोषणापत्र जारी
प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्नः जुम्ला घोषणापत्र जारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पहिलो पटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन पश्चात ‘जुम्ला घोषणापत्र’ जारी गरेको प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले बताएका छन । 
कञ्चनपुरको गड्डाचौकी सीमा नाकाकाे हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
कञ्चनपुरको गड्डाचौकी सीमा नाकाकाे हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् ।नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गर्नुभयो ।
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्रीको निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्रीको निर्देशन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । नेपालमा पछिल्ला केहि बर्ष देखि ठूला ठूला अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ स्वास्थ्यको कारण देखाई अस्पताल जाने गरेका छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियूक्त
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियूक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दासलाई नियूक्त गरेको हुन । सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 
स्वास्थ्यको कारण देखाई अस्पताल बस्ने ठुला अभियोग लागेकाको बारेमा नेपाल मेडिकल काउन्सिलले दियो प्रहरीलाई यस्तो राय
स्वास्थ्यको कारण देखाई अस्पताल बस्ने ठुला अभियोग लागेकाको बारेमा नेपाल मेडिकल काउन्सिलले दियो प्रहरीलाई यस्तो राय पालमा पछिल्ला केहि बर्ष देखि ठूला ठूला अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ स्वास्थ्यको कारण देखाई अस्पताल जाने गरेका छन् । उनीहरु अस्पतालको सुविधा सम्पन्न क्याविनमा बसेर मुद्धा लड्ने र कतिपय त्यहिबाट केश नै ‘ढिसमिस’ बनाउन सक्रिय हुने गरेका छन् ।
बाँके जिल्लामा चालु आ.ब.को नौ महिनामा १२ जना सुत्केरीको मृत्यू, जनचेतनामा ध्यान दिन बिज्ञको सुझाव
बाँके जिल्लामा चालु आ.ब.को नौ महिनामा १२ जना सुत्केरीको मृत्यू, जनचेतनामा ध्यान दिन बिज्ञको सुझाव स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०८०।०८१ को नौ महिनामा बाँके जिल्लामा १२ जना सुत्केरीको मृत्यू भएको छ । मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न नगरपालिका।गाउँपालिकाका छन् ।
क्यान्सर बढ्नुको प्रमुख कारण मध्ये तरकारी तथा फलफूलमा भएको विषादी बिज्ञको निचोड
क्यान्सर बढ्नुको प्रमुख कारण मध्ये तरकारी तथा फलफूलमा भएको विषादी बिज्ञको निचोड भारतको बेंग्लोरमा रहेको एचसीजी ग्रुप हस्पिटल्सका हेड एण्ड नेक विभागका प्रमुख सर्जिकल अंकोलोजिस्ट डा. विशाल रावले तरकारी तथा फलफुलमा छर्किने अत्यधिक विषादीका कारण दिन प्रतिदिन क्यान्सर बढेको बताएका छन् ।
बागमती प्रदेशमा चालु आर्थिक बर्षको नौ महिनाको ११ हजार डेङ्गु सङ्क्रमित, जनचेतना कार्यक्रम अगाडी बढाउन बिज्ञको सुझाव
बागमती प्रदेशमा चालु आर्थिक बर्षको नौ महिनाको ११ हजार डेङ्गु सङ्क्रमित, जनचेतना कार्यक्रम अगाडी बढाउन बिज्ञको सुझाव बागमती प्रदेशमा चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा ११ हजार भन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउन देखि हालसम्म ११ हजार ४ सय ९ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
न्याम्सको २२ औँ स्थापना दिवसका अवसरमा सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ
न्याम्सको २२ औँ स्थापना दिवसका अवसरमा सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
बीर अस्पताल र न्याम्स छुट्टाउने खेलमा स्वास्थ्यका केही “फिरन्ते” कर्मचारीहरु
बीर अस्पताल र न्याम्स छुट्टाउने खेलमा स्वास्थ्यका केही “फिरन्ते” कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुले आफ्नो स्वार्थका कारण न्याम्स र वीर अस्पताल अलग गर्ने खेलमा जुटेका छन् । शक्तिको उन्मादले ओतप्रोत भएका “फिरन्ते” कर्मचारीले आफू फाजिलमा बस्नु नपरोस् भनेर न्याम्सबाट वीर अलग्याउने सपना देखिरहेका छन् ।
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
Weather Update