Swasthya Awaj
सरकारको सार्वजनिक बिदामा अस्पताल संचालनको निर्णयमा बिबाद भए पछि डा. प्रकाश बुढाथोकीलाई प्रश्न? तपाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता कि चिकित्सक संघको उपाध्यक्ष?
सरकारको सार्वजनिक बिदामा अस्पताल संचालनको निर्णयमा बिबाद भए पछि डा. प्रकाश बुढाथोकीलाई प्रश्न? तपाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता कि चिकित्सक संघको उपाध्यक्ष? अस्पतालमा बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने परिपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। कार्यालयको पत्रपछि स्वास्थ्य मन्त्रालयले सार्वजनिक विदाका दिनमा पनि स्वास्थ्य सेवा सुचारु गर्न मातहतका निकाय र अस्पताललाई परिपत्र गरेको हो। 
नेपालमा वार्षिक करिब १५ सय बालबालिकामा क्यान्सर, एक तिहाइ मात्र उपचारकाे दायरामा
नेपालमा वार्षिक करिब १५ सय बालबालिकामा क्यान्सर, एक तिहाइ मात्र उपचारकाे दायरामा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा वार्षिक रुपमा १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ । तीमध्ये एक तिहाइ मात्रै पत्ता लागेको अनुमान सो रणनीतिमा उल्लेख छ । यस्तै, वयस्कमा हुने क्यान्सरभन्दा बालबालिकामा हुने क्यान्सरहरू रोक्न थोरै मात्र उपायहरू हुन्छन् ।
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्न विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुर्खेत अस्पताल बिच सम्झौता
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्न विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुर्खेत अस्पताल बिच सम्झौता कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरे पछि अब सुर्खेतमा पनि क्यान्सर उपचार सुरु हुने भएको हो ।
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न राष्ट्रियसभामा माग
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न राष्ट्रियसभामा माग राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। शून्य समयमा बोल्दै सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।
सार्वजनिक बिदाको दिन ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिकः चिकित्सक संघ
सार्वजनिक बिदाको दिन ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिकः चिकित्सक संघ नेपाल चिकित्सक संघले बिदाको दिन समेत ओपीडी चलाउने सरकारी निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने विषय पूर्ण कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएपछि यो विषय एकपटक चर्चामा आएको छ ।
त्रिवि आईओएमको डीनका नाम सिफारिस गर्न प्रा.डा. वलीको संयोजकत्वमा समिति गठन, ईच्छुकले ७ दिनभित्र आशयपत्र पेश गर्नुपर्ने
त्रिवि आईओएमको डीनका नाम सिफारिस गर्न प्रा.डा. वलीको संयोजकत्वमा समिति गठन, ईच्छुकले ७ दिनभित्र आशयपत्र पेश गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन नियुक्तीको प्रक्रिया अघि बढाएको छ । त्रिवि कार्यकारी परिषद्ले गठन गरेको डीन नियुक्तीका लागि सिफारिस समितिले सोमबार सूचना जारी गर्दै सो डीन पदका लागि इच्छुक तथा योग्य व्यक्तिले ७ दिन भित्र आशयपत्र इमेल गर्न आव्हान गरेको छ ।
चिकित्सा शिक्षा आयोगले संचालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले चाहेमा उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न पाउने निर्णय
चिकित्सा शिक्षा आयोगले संचालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले चाहेमा उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न पाउने निर्णय चिकित्सा शिक्षा आयोगले गत १ देखि भदौसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझी उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न चाहेमा सम्वन्धित विद्यार्थीले हेर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको सोमबार (हिजो) बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो...
डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण
डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।
सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन
सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्था तथा अस्पतालाई सार्वजनिक विदामा दिनमा बहिरंग (ओपीडी) सेवा सुचारु गर्न निर्देशन दिएको छ । १६ भदौंमा स्वास्थ्य मन्त्रालयले मन्त्रालस्तरीय निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो ।
Weather Update