Swasthya Awaj
४ अर्ब लगानीमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउँदै गण्डकी मेडिकल कलेज
४ अर्ब लगानीमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउँदै गण्डकी मेडिकल कलेज पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ । हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको विश्वास छ ।
भिमकान्त भण्डारीको भ्रष्टाचार मुद्धामा विशेष अदालतको फैसला चित्त नबुझाई सर्वोच्चमा पुनराबेदनका लागि गयो अख्तियार
भिमकान्त भण्डारीको भ्रष्टाचार मुद्धामा विशेष अदालतको फैसला चित्त नबुझाई सर्वोच्चमा पुनराबेदनका लागि गयो अख्तियार विद्य ल्याब (विद्य) म्यानेजमेन्ट प्रा.लि.का तत्कालीन प्रमुख गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धि विशेष अदालतको फैसला पुनरावलोकनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । बुधबार अख्तियारले गैर कानुनी सम्पत्ति आर्जन सम्बन्धि मुद्धामा माग दावी नपुग्ने भन्दैं विशेषले गरेको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
क्यान्सर उपचार सहज बनाउने पौडेलको प्रयास, नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने
क्यान्सर उपचार सहज बनाउने पौडेलको प्रयास, नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।सङ्घअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबिच सम्झौता सम्पन्न भएको हो ।
पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन
पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने प्रक्रियालाई अगाडी बढाउन निर्देशन दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।
स्वास्थ्य मन्त्रालयले हेल्थ समिट-२०२४ गर्दै, सम्मेलनका लागि कार्यदल गठन
स्वास्थ्य मन्त्रालयले हेल्थ समिट-२०२४ गर्दै, सम्मेलनका लागि कार्यदल गठन नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथाजनसङ्ख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४‘ आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूको सहभागिता रहने र सुझावहरू सङ्कलन गर्ने मन्त्रालयको तयारी रहेको छ ।
स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी गर्ने यादवविरुद्द जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी गर्ने यादवविरुद्द जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो । 
गार्जिया कम्बोजिया नामक दुब्लाउने औषधी खाँदा अस्पतालमा भर्ना
गार्जिया कम्बोजिया नामक दुब्लाउने औषधी खाँदा अस्पतालमा भर्ना अनलाइनबाट मगाइएका तौल घटाउने औषधी खाँदा ३ जना विरामीले आईसीयुमा भर्ना गर्नु परेको छ । बुटवलमा विभिन्न माध्यामबाट मगाइएका ति तौल घटाउने दावि गरिएका औषधी खाँदा इमर्जेन्सीमा भर्ना गरेर उपचार गर्नुपरेको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले बताएका छन।
स्वास्थ्य मन्त्री पौडेलले भने कर्मचारीको सेवासुविधा बढाउनेबारे अध्ययन भइरहेको छ
स्वास्थ्य मन्त्री पौडेलले भने कर्मचारीको सेवासुविधा बढाउनेबारे अध्ययन भइरहेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका कर्मचारी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्रशासकको सेवासुविधा बढाउनका लागि अध्ययन भइरहेको बताएका छन्। परोपकार प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको ६५ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्। 
Weather Update