
सिअनमी र सिअहेव दुई अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
बिहीबार, भदौ ६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक जना सिअहेब र एक जना सिअनमी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बिहीबार अख्तियारले ग्ल्याङ नगरपालिका स्याङजामा कार्यरत सिअहेब हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत सिअनमी सरस्वती (वली) क्षेत्रीको प्रमाणपत्र नक्कली भएको भन्दैं विशेष अदालतमा मुद्धा...

१७ संघीय अस्पतालको उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई
बुधबार, भदौ ५, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच सो सम्बन्धि कार्य गर्न हस्ताक्षर भएको छ ।

एमपक्सको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक : डब्लुएचओ
मंगलबार, भदौ ४, २०८१
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अदानाम गेब्रेएसेसले एमपक्कको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक रहेको बताएका छन्। एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको केही दिनपछि बोल्दै यस्तो बताएका हुन्।

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो, सबैभन्दा धेरै तनहुँ जिल्लामा
मंगलबार, भदौ ४, २०८१
देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशभर ४ हजार ९७ जनामा डेंगी संक्रमण देखिएको हो ।

हैजा संक्रमितको संख्या ५८ पुग्यो, उपत्यकामा बढ्दै बिरामी
मंगलबार, भदौ ४, २०८१
सन् २०२४ जुलाई १९ यता देशमा हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । अगस्ट १९ सम्म पाँच जिल्लाका ५८ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।
-1724117381.png)
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि बाटो खुल्यो
मंगलबार, भदौ ४, २०८१
यस वर्ष दुई सरकारी प्रतिष्ठानमा चिकित्सा शिक्षा तर्फको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन हुने भएको छ । अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको हो ।

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल पनि, के गर्दैछ सरकार ?
मंगलबार, भदौ ४, २०८१
नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गत वर्ष नेपालमा पहिलो पटक एक जना विदेशी नागरिकलाई एमपक्स देखिएको कारण यस वर्ष पनि जोखिम रहन सक्ने उनीहरूको भनाइ छ ।