Swasthya Awaj
आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार
आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।
फैलिरहेको डेंगुलाई मध्यनजर गर्दै सरकारद्धारा  ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोडभन्दा बढी रकम विनियोजन
फैलिरहेको डेंगुलाई मध्यनजर गर्दै सरकारद्धारा ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोडभन्दा बढी रकम विनियोजन सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको हो । 
छायानाथ रारा नगरपालिकाका छ माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई यौनिकता शिक्षा दिने
छायानाथ रारा नगरपालिकाका छ माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई यौनिकता शिक्षा दिने राइट हेअर राइट नाओ र सिडिएस–पार्क नामक संस्थासँगको सहकार्यमा छायानाथ रारा नगरपालिकामा छवटा माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो । यौनिकता सम्बन्धी शिक्षा नहुँदा शारीरिक, मानसिक र शैक्षिक रूपमा परिपक्व नहुँदै विवाह गर्ने, महिलाको प्रजनन स्वास्थ्य अधिकारबारे थाहा नहुने, छाउपडीजस्ता कुप्रथा मान्ने, शारीरिक रूपमा हुने...
देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो, ललितपुरमा सबैभन्दा बढी
देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो, ललितपुरमा सबैभन्दा बढी देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार  मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो ।  
गोरखा जिल्लामा स्क्रब टाईफसबाट ५० जना सङ्क्रमित
गोरखा जिल्लामा स्क्रब टाईफसबाट ५० जना सङ्क्रमित गोरखा जिल्लामा स्क्रब टाईफसका ५० जना मानिसहरू सङ्क्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ५० जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भइसकेको छ ।
सिंहदरबारबाट सबैभन्दा नजिक रहेको सरकारी संस्था सिंहदरवार वैद्यखाना परेन राज्यको नजरमा
सिंहदरबारबाट सबैभन्दा नजिक रहेको सरकारी संस्था सिंहदरवार वैद्यखाना परेन राज्यको नजरमा दुरीको हिसावले सिंहदरबार वैद्यखाना प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट सबैभन्दा नजिक रहेको सरकारी संस्था हो । दुरीकै कुरा गर्दा तालुक निकाय रामशाहपथको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि सिंहदरबार वैद्यखाना सबै भन्दा छोटो दुरीमा पर्दछ ।
विशेषज्ञ चिकित्सक बन्ने लाइसेन्स परीक्षामा ९१ प्रतिशत बढी उत्तीर्ण
विशेषज्ञ चिकित्सक बन्ने लाइसेन्स परीक्षामा ९१ प्रतिशत बढी उत्तीर्ण नेपाल मेडिकल काउन्सिलले हिजो र आज ( १७ र १८ साउनमा) लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम)को नतिजा प्रकाशित भएको छ । काउन्सिलका अनुसार परीक्षामा यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको यो प्रतिशत अहिले  सम्मकै बढी हो ।
ललितपुरका थप २ जनामा हैजा पुष्टि, देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ पुग्यो
ललितपुरका थप २ जनामा हैजा पुष्टि, देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ पुग्यो ललितपुरमा थप २ जनामा हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 
डेण्टल एसोसिएसनसँगको सहमति अनुसार प्रवेश परीक्षाको नतिजा स्थगित
डेण्टल एसोसिएसनसँगको सहमति अनुसार प्रवेश परीक्षाको नतिजा स्थगित डेण्टल एसोसिएसन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बीच भएको सहमति अनुसार डेण्टल कार्यक्रम तर्फको नतिजा प्रवेश परीक्षाको नतिजा रोकिने भएको छ । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत अस्पतालबीच जुँगाको लडाइले प्रतिष्ठानलाई धक्का
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत अस्पतालबीच जुँगाको लडाइले प्रतिष्ठानलाई धक्का कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेत बीचको जुँगाको लडाइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य अन्धकार बन्न सक्ने तर्फ चिन्ता बढेको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बसेको सिनेट बैठकले जुम्ला र सुर्खेत मिलेर प्रतिष्ठान चलाउने निर्णय गरेको थियो ।
Weather Update