
ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै कारबाहीको माग
शुक्रबार, साउन १८, २०८१
तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको ज्यान गएको छ ।शान्ती नमुना माविमा अंग्रेजी विषय अध्यापन गर्र्दै आएकी सृजना पौडेलको शरिरमा युरिनको मात्रा फैलिएपछि समयमा नै उपचार नहुँदा मृत्यु भएको हो ।

थप २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
शुक्रबार, साउन १८, २०८१
संसदीय समितिले विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरेका २२ वटा संस्थालाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।

कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ विषय पढ्न पाउने ब्यबस्थाको गृहकार्यमा आयोग
शुक्रबार, साउन १८, २०८१

बालबालिकामा सर्ने चाँदीपुरा भाइरस, यो यसकारण खतरनाक छ !
बिहीबार, साउन १७, २०८१
भारतको गुजरात राज्यमा गएको महिनाभरिमा कम्तिमा ५३ जनाको एक्युट इन्सेफलाइटिस सिन्ड्रोमका कारण मृत्यु भएको छ।गुजरातको स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार तीमध्ये धेरैको 'चाँदीपुरा भाइरस'को सङ्क्रमणका कारण मृत्यु भएको हुनसक्ने शङ्का गरिएको छ। राजस्थान र मध्य प्रदेश राज्यहरूमा पनि केही बिरामीमा यो भाइरस देखा परेको बताइएको छ।

हैजाको हटस्पट बन्यो ललितपुर, आउटब्रेकको सम्भावना सबैलाई सजक हुन बिज्ञको सुझाव
बिहीबार, साउन १७, २०८१
काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुर सहित कैलाली जिल्लामा हैजा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौँमा १ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

क्यान्सर उपचारमा गम्भीर त्रुटि हुँदा बिरामीको मृत्यु, दुई जना नर्स निलम्बनमा
बिहीबार, साउन १७, २०८१
बिरामीको उपचारमा गम्भीर त्रुटि भेटिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दुई जना नर्सलाई निलम्बन गरेको छ । सोही केशमा अस्पतालले अरु दुई जना चिकित्सक र २१ जना नर्सलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न ७५३ वटै स्थानीय तहलाई पत्राचार
बिहीबार, साउन १७, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनले ७५३ वटै स्थानीय तहलाई सुर्तीजन्य पदार्थ तथा मदिरा जन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध पछि सामान्यले सबै स्थानीय निकायलाई सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रयोगमा नियन्त्रण तथा नियमन गर्न पत्राचार गरेको हो ।

धनगढीवासीले अब निःशुल्क रगत पाउने
बुधबार, साउन १६, २०८१
कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

ललितपुरको इमाडोलमा पनि देखियो दुई जनामा हैजा, कुल संक्रमितको संख्या २२ पुग्यो, सबैलाई सचेत रहन बिज्ञको सुझाव
बुधबार, साउन १६, २०८१
पछिल्लो चौबिस घण्टा काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा केश पुष्टी भएको छ । पछिल्ला दुईवटा केश ललितपुर इमाडोलको हो । यो संगै साउन यता हैजाबाट संक्रमित हुनेको संख्या २२ पुगेको छ ।

देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा बढी उपत्यकामा
बुधबार, साउन १६, २०८१
देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।