Swasthya Awaj
‘सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन’
‘सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताउनुभएको छ ।प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा उहाँले भन्नुभयो, “अरु मुलुकमा सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतभन्दा माथि कर लगाएका छन् तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न सकेका छैनौँ...
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै रोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९÷८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६००...
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
स्वास्थ्य  क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।
Weather Update