
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
मंगलबार, असार २५, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।

एक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब निकासा
सोमबार, असार २४, २०८१
लामो समयदेखि तलब भत्ता नपाएका २ सय ३९ स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा भएको छ । आइतबार संघीय स्वास्थ्य तथा स्वास्थ्यसमाचारजनसंख्या मन्त्रालयले २ सय ३९ स्थानीय तहका स्वास्थ्यका कर्मचारीको रकम निकासा गरेको हो ।

स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
सोमबार, असार २४, २०८१
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको हो...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा आयुर्वेद चिकित्सक साहविरुद्ध मुद्दा दायर
सोमबार, असार २४, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वरकी होमियोप्याथी चिकित्सक संगिता कुमारी साहबिरुद्ध मुद्दा दायर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्ने
सोमबार, असार २४, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् । सत्ता गठबन्धनमा फेरवल देखिएपछि जनता समाजबादी पार्टीबाट स्वास्थ्य मन्त्री रहेका प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले पदबाट राजिनामा दिएका थिए ।

सरकारद्धारा संक्रामक रोगको सूचीमा ५२ वटा रोग समावेश
सोमबार, असार २४, २०८१
सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिम ती रोगलाई संक्रामक रोगको सूचीमा राखेको हो ।

स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता
शुक्रबार, असार २१, २०८१
जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजीनामा दिएका छन्।

भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त
शुक्रबार, असार २१, २०८१
बाँके जिल्लामा स्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।

सिटिइभिटीको पुनःसंरचना प्रक्रिया सुरु
शुक्रबार, असार २१, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को पुनःसंरचचका लागि प्रक्रिया सुरु भएको जानकारी दिएकी छन्। विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदा कमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने उनले स्पष्ट गरिन्।

७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा, सजक हुन बिज्ञको सुझाव
शुक्रबार, असार २१, २०८१
डेंगु रोगको सङ्क्रमण हाल सम्म देशको ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण प्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको...

कर्मचारीको हकहीतमा बोल्दा युनियनको अध्यक्षलाई निलम्बनको तयारीमा प्रतिष्ठान
बिहीबार, असार २०, २०८१
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी युनियनको अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायलाई रजिष्ट्रारले निलम्वनको तयारी गरेका छन् । प्रतिष्ठानको वेथितिलाई सुधार गर्नुपर्ने, कर्मचारीको हक हितको लागि पदाधिकारीले काम गर्नुपर्ने, पदाधिकारी धेरै जसो काठमाण्डौ सम्पर्क कार्यालयमा बस्ने गरेको र कर्मचारीहरुको हकहितका कामहरु नगरेको, पदाधिकारीहरु काठमाण्डौमा वस्दा प्रतिष्ठानको सेवा प्रवाहमा असर...