Swasthya Awaj
भारतमा बढ्न थाल्यो जिका भाइरसको संक्रमण, अहिलेसम्म ८ जनामा पोजेटिभ, नेपालमा पनि यसको प्रभाव पर्न सक्ने
भारतमा बढ्न थाल्यो जिका भाइरसको संक्रमण, अहिलेसम्म ८ जनामा पोजेटिभ, नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भारतमा जिका भाइरसको संक्रमण देखिन थालेको छ । पश्चिमी राज्य महाराष्ट्रमा अहिलेसम्म जिका भाइरस संक्रमणको आठ केश रेकर्ड गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबारसम्म पुणेमा छ जनामा, अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् । ती सबै अस्पताललाई गत जेठ २३ गते सूचना जारी गर्दै १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो ।
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन  आफु मातहतका प्रतिष्ठान, विभाग तथा अस्पतालहरुलाई निर्देशन दिएको छ। 
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले आगामी ३० साउनका दिन यो प्रतिस्पर्धा गर्न लागेको हो । तर,  प्रतिस्पर्धामा भाग लिने शिशुहरु प्रसूतिगृह अस्पतालमै जन्मेको हुनु पर्नेछ ।
२२ बुदे मागको  सम्बोधननै नगरी भागे उपकुलपति रावल
२२ बुदे मागको सम्बोधननै नगरी भागे उपकुलपति रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भित्र रहेका तमाम विकृति विरुद्ध ध्यानाकर्षण गराउदै नेपाल दरुण दल जुम्ला र नेपाल विद्यार्थी संघ जुम्लाले उपकुलपति डा.मंगल रावललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रलाई वेवास्था गर्दै उपकुलपति रावल मंगलवार विहानै जिल्ला छोडि भागेका छन् । प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गरिएको...
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा पोखराको मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको टोलीले मंगलबार महानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ?
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ? स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेको ४७ औँ दिनमा पहिलो पटक स्वास्थ्य पत्रकारसंग अन्तरक्रिया गरेका स्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो सम्वोधनको अन्त्यतिर भनेका थिए,  ‘साउन महिना कट्न दिनुहोस बैद्यखाना कस्तो हुन्छ थाहा पाउनु हुन्छ । उनको संकेत थियो, एक महिना पछि बैद्यखानामा निकै नै सुधार हुन्छ ।’
धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा
धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा अबिरल वर्षाका कारण जनकपुरस्थित प्रादेशिक अस्पताल डुबानमा परेको छ । सोमबार राति र मंगलबार बिहानको वर्षाले अस्पतालको प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउतले जानकारी दिएको छन् । 
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद मकवानपुर प्रहरीले ठूलो मात्रमा अवैध विद्युतीय चुरोट अर्थात भेप बरामद गरेको छ। बिहीबार बेलुका हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा अवैध भेप बरामद गरिएको प्रहरीको भनाइ छ । 
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो...
Weather Update