स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
शुक्रबार, वैशाख २८, २०८१

कञ्चनपुरको गड्डाचौकी सीमा नाकाकाे हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
मंगलबार, वैशाख २५, २०८१
कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् ।नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गर्नुभयो ।

मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण, नेपाल सरकारलाई जनशक्ति ब्यबस्थापनमा ध्यान दिन बिज्ञको सुझाव
मंगलबार, वैशाख २५, २०८१
अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर मिडवाइफ्री सोसाइटी अफ नेपालले आयोजना गरेको छलफल कार्यक्रममा मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने विज्ञहरुले बताएका छन् ।

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्रीको निर्देशन
मंगलबार, वैशाख २५, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । नेपालमा पछिल्ला केहि बर्ष देखि ठूला ठूला अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ स्वास्थ्यको कारण देखाई अस्पताल जाने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयद्धारा सरकारी बिदा लिएर निजी स्वास्थ्य संस्था तथा गैर सरकारी संस्थामा कामहरुलाई कारबाहीको चेतावनी
मंगलबार, वैशाख २५, २०८१
सरकारी बिदा लिएर निजी स्वास्थ्य संस्था तथा गैर सरकारी संस्थामा कामहरुलाई कारबाहीको चेतावनी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रचलीत कानुन बमोजिम हदैसम्म कारबाही हुने भन्दै निर्देशन जारी गरेको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियूक्त
सोमबार, वैशाख २४, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दासलाई नियूक्त गरेको हुन । सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

स्वास्थ्यको कारण देखाई अस्पताल बस्ने ठुला अभियोग लागेकाको बारेमा नेपाल मेडिकल काउन्सिलले दियो प्रहरीलाई यस्तो राय
सोमबार, वैशाख २४, २०८१
पालमा पछिल्ला केहि बर्ष देखि ठूला ठूला अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ स्वास्थ्यको कारण देखाई अस्पताल जाने गरेका छन् । उनीहरु अस्पतालको सुविधा सम्पन्न क्याविनमा बसेर मुद्धा लड्ने र कतिपय त्यहिबाट केश नै ‘ढिसमिस’ बनाउन सक्रिय हुने गरेका छन् ।

बाँके जिल्लामा चालु आ.ब.को नौ महिनामा १२ जना सुत्केरीको मृत्यू, जनचेतनामा ध्यान दिन बिज्ञको सुझाव
सोमबार, वैशाख २४, २०८१
स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०८०।०८१ को नौ महिनामा बाँके जिल्लामा १२ जना सुत्केरीको मृत्यू भएको छ । मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न नगरपालिका।गाउँपालिकाका छन् ।

क्यान्सर बढ्नुको प्रमुख कारण मध्ये तरकारी तथा फलफूलमा भएको विषादी बिज्ञको निचोड
सोमबार, वैशाख २४, २०८१
भारतको बेंग्लोरमा रहेको एचसीजी ग्रुप हस्पिटल्सका हेड एण्ड नेक विभागका प्रमुख सर्जिकल अंकोलोजिस्ट डा. विशाल रावले तरकारी तथा फलफुलमा छर्किने अत्यधिक विषादीका कारण दिन प्रतिदिन क्यान्सर बढेको बताएका छन् ।

बागमती प्रदेशमा चालु आर्थिक बर्षको नौ महिनाको ११ हजार डेङ्गु सङ्क्रमित, जनचेतना कार्यक्रम अगाडी बढाउन बिज्ञको सुझाव
आइतबार, वैशाख २३, २०८१
बागमती प्रदेशमा चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा ११ हजार भन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउन देखि हालसम्म ११ हजार ४ सय ९ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोभिड समयको अनलाइन कोर्षलाई मान्यता दिने काउन्सिलको निर्णय, ६ महिना भन्दा बढिको कोषमा भने थप प्रक्रिया पुरा गर्नु पर्ने
आइतबार, वैशाख २३, २०८१
काउन्सिलको गत बैशाख १३ मा बसेको पूर्ण बैठकले कोभिड समयमा अनलाइन मार्फत विदेशी मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका विषयमा दर्ता प्रमाणपत्र (लाइसेन्स) दिने कि नदिने भन्ने विषयमा नयाँ निर्णय गरेको हो ।