Swasthya Awaj
भक्तपुर अस्पतालद्धारा नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु
भक्तपुर अस्पतालद्धारा नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । पुरानो भवन निकै साँघुरो भएपछि चार तले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा ल्याएको अस्पताल श्रोतले जनाएको छ ।
गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गर्ने
गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गर्ने गोरखाको गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ ।
राष्ट्रसंघका महासचिवद्वारा नेपालले मानव अधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको प्रशंशा
राष्ट्रसंघका महासचिवद्वारा नेपालले मानव अधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको प्रशंशा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७ औँ बैठकमा भाग लिने सिलसिलामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता भएको छ।
काठमाण्डौ अत्याधिक प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयद्धारा अनावश्यक घरबाहिर ननिस्कन आग्रह
काठमाण्डौ अत्याधिक प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयद्धारा अनावश्यक घरबाहिर ननिस्कन आग्रह आइतबार स्वास्थ्य मन्त्रालयले बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य मास्क लगाउन समेत अनुरोध गरेको छ । मन्त्रालयले काठमाडौंमा अत्याधिक प्रदुषण बढेपछि अनावश्यक घरबाहिर ननिस्कन आग्रह गरेको हो । 
देशभरबाट आउने गरीव तथा अशक्त बिरामीको निःशुल्क उपचार गर्न काठमाडौँ महानगरले ४३ वटा अस्पतालको ३२३ शैया छुट्टायो
देशभरबाट आउने गरीव तथा अशक्त बिरामीको निःशुल्क उपचार गर्न काठमाडौँ महानगरले ४३ वटा अस्पतालको ३२३ शैया छुट्टायो काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालका जुनसुकै पालिकाको भए पनि अशक्त र गरीब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् ।
बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलाको स्वास्थ्यमा गम्भिर समस्याको जोखिम
बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलाको स्वास्थ्यमा गम्भिर समस्याको जोखिम सेभ द चिल्ड्रेनले गरेको एक अध्ययन अनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखापरेका छन् । वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्य सम्बन्धी जोखिम बढाएको उक्त अध्ययनले देखाएको छ । 
वैशाख १६ गते देखि ७ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने
वैशाख १६ गते देखि ७ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने सरकारले आज वैशाख १६ गते देखि ७ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने थालेको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइले विरुद्धको औषधि सबैलाई खुवाउने गरी अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
Weather Update