काठमाण्डौ अत्याधिक प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयद्धारा अनावश्यक घरबाहिर ननिस्कन आग्रह
आइतबार, वैशाख १६, २०८१

देशभरबाट आउने गरीव तथा अशक्त बिरामीको निःशुल्क उपचार गर्न काठमाडौँ महानगरले ४३ वटा अस्पतालको ३२३ शैया छुट्टायो
आइतबार, वैशाख १६, २०८१
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालका जुनसुकै पालिकाको भए पनि अशक्त र गरीब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् ।
-1712718301.png)
बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलाको स्वास्थ्यमा गम्भिर समस्याको जोखिम
आइतबार, वैशाख १६, २०८१
सेभ द चिल्ड्रेनले गरेको एक अध्ययन अनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखापरेका छन् । वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्य सम्बन्धी जोखिम बढाएको उक्त अध्ययनले देखाएको छ ।

‘दक्षिण एशियामा क्यान्सरका कुल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर’
शनिबार, वैशाख १५, २०८१
कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले आयोजना गरेको मुखको क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो ।

का.म.पा को निःशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रममा ७७९ को जाँच गर्दा २६ जनामा पोजेटिभ
शुक्रबार, वैशाख १४, २०८१
काठमाण्डौ महानगरपालिकाले सुरु गरेको महिला क्यान्सर स्क्रिनिङ कार्यक्रमको प्रारम्भिक रिपोर्ट आएको छ ।महानगरपालिकाले गत ४ बैशाख देखि सुरु गरेको स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रमको प्रारम्भिक रिपोर्ट आएको हो । रिपोर्टमा केही महिलाहरुमा क्यान्सरको सम्भावना देखिएपछि उनीहरुमा थप परीक्षण थालिएको छ ।

नेपाल र चीनबीच बोन म्यारो प्रत्यारोपण र मानव संशाधन विकास सहयोग सम्बन्धी सम्झौता
शुक्रबार, वैशाख १४, २०८१
नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

चौधरी ग्रुपको चाउचाउमा एसिड भ्यालु धेरै, महानगरले तिरायो २ लाख जरिवाना
शुक्रबार, वैशाख १४, २०८१
चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउ निम्न गुणस्तरको भएको पुष्टि भएको छ । काठमाण्डौ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले गुणस्तरहीन वाइवाइ चाउचाउ बेच्ने चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना समेत गरेको हो । साथै हाल बजारमा भएका चाउचाउ फिर्ता ल्याउन पनि महानगरले निर्देशन दिएको छ ।

तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने
शुक्रबार, वैशाख १४, २०८१
देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर उद्योग, कलकारखाना स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।

सरकारले गर्भवतीहरुलाई आइरन र फोलिक एसिडको सट्टा एमएमएस चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
गर्भावस्थामा आइरन फोलिक एसिडसँगै अन्य सुक्ष्म पोषक तत्व पनि खुवाउनु राम्रो हुने विभिन्न अध्ययनले देखाएपछि पहिलो चरणमा देशका १० वटा जिल्लामा पुरक बहु सुक्ष्मपोषकतत्वहरुको मिश्रण भएको खाने चक्की एमएमएस (मल्टी माइक्रोन्युट्रेन्ट सप्लिमेन्टस्) वितरण कार्यक्रम सुरु गर्ने भएको छ ।

हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा उपकरण थन्किए
बुधबार, वैशाख १२, २०८१
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल श्रोतका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण विशेषज्ञ चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।

भक्तपुरस्थित प्रत्यारोपण केन्द्रको वार्षिकोत्सवमा लफडा
बुधबार, वैशाख १२, २०८१
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मंगलबार दुई थरी तस्बिर देखिएको थियो। पहिलो केन्द्रको १२औं वार्षिकोत्सवको हर्सोल्लास र दोस्रो भने अस्पताल परिसरमा आन्दोलनरत पक्षले प्लेकार्ड सहित लगाएको नारा।