Swasthya Awaj
क्यान्सर उपचार सहज बनाउने पौडेलको प्रयास, नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने
क्यान्सर उपचार सहज बनाउने पौडेलको प्रयास, नमुना परीक्षण जनस्वास्थ्य प्रयोगशालाले गर्ने देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।सङ्घअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबिच सम्झौता सम्पन्न भएको हो ।
स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी गर्ने यादवविरुद्द जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी गर्ने यादवविरुद्द जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो । 
परोपकार प्रसुतीगृह अस्पताल ६५ वर्षमा प्रवेशः एक वर्षमा २२ हजार ३७९ ले लिए प्रसूति सेवा
परोपकार प्रसुतीगृह अस्पताल ६५ वर्षमा प्रवेशः एक वर्षमा २२ हजार ३७९ ले लिए प्रसूति सेवा थापाथालीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाल सफलतापूर्वक प्रसूति सेवा लिएका छन् । अस्पतालको ६५ औँ बार्षिकोत्सवको अवसरमा निर्देशक डा श्रीप्रसाद अधिकारीले सो जानकारी दिएका हुन् ।
अल्का अस्पतालका मालिकको विवाद छताछुल्ल
अल्का अस्पतालका मालिकको विवाद छताछुल्ल जाउलाखेलस्थित अल्का अस्पतालका सञ्चालकबीचको विवाद सतहमा आएको छ । अस्पतालमा ५१ प्रतिशत शेयर भएका कुमार थापा (तिलकपुवार थापा) पक्ष र ४९ प्रतिशत शेयर भएका क्याप्टेन रामेश्वर थापाबीचको विवाद सतहमा आएको हो ।
मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया
मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकहरुले ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छन् ।सेन्टरका बरिष्ठ सर्जन डा अनिल भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरकोटकी २२ बर्षीया गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेको हो ।
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने कार्यविधि स्वीकृत
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने कार्यविधि स्वीकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् ।
कक्षा १२ को नतिजामा ‘एनजी’ आई पुनर्योगमा गएका विद्यार्थी चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने
कक्षा १२ को नतिजामा ‘एनजी’ आई पुनर्योगमा गएका विद्यार्थी चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने उच्च अदालत पाटनले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को नतिजामा नन् ग्रेडेड (एनजी) आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई पनि एकीकृत प्रवेश परीक्षामा सहभागी गराउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।
स्वास्थ्य बीमा बोर्डको विवादिन शाखा अधिकृतलाई अन्यत्र सरुवा गर्ने सहमति पछि पेनडाउन गरी आन्दोलनमा उत्रिएका कर्मचारी काममा फर्किए
स्वास्थ्य बीमा बोर्डको विवादिन शाखा अधिकृतलाई अन्यत्र सरुवा गर्ने सहमति पछि पेनडाउन गरी आन्दोलनमा उत्रिएका कर्मचारी काममा फर्किए काजमा रहेका शाखा अधिकृत शोभित रिजाललाई अन्यत्र सरुवा गरि पठाउने सहमति गरेपछि पेनडाउन गरी आन्दोलनमा उत्रिएका कर्मचारी काममा फर्किका छन्। बोर्डका अध्यक्ष कार्यकारी निर्देशक डा.दामोदर बसौला उपत्यका बाहिर छन्। अध्यक्ष डा.गुणराज लोहनीले कर्मचारीसँग छलफल गरी समस्या समाधान गरेका हुन्।
Weather Update