एक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब निकासा
सोमबार, असार २४, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्ने
सोमबार, असार २४, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् । सत्ता गठबन्धनमा फेरवल देखिएपछि जनता समाजबादी पार्टीबाट स्वास्थ्य मन्त्री रहेका प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले पदबाट राजिनामा दिएका थिए ।
सरकारद्धारा संक्रामक रोगको सूचीमा ५२ वटा रोग समावेश
सोमबार, असार २४, २०८१
सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिम ती रोगलाई संक्रामक रोगको सूचीमा राखेको हो ।
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता
शुक्रबार, असार २१, २०८१
जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजीनामा दिएका छन्।
सिटिइभिटीको पुनःसंरचना प्रक्रिया सुरु
शुक्रबार, असार २१, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को पुनःसंरचचका लागि प्रक्रिया सुरु भएको जानकारी दिएकी छन्। विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदा कमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने उनले स्पष्ट गरिन्।
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा, सजक हुन बिज्ञको सुझाव
शुक्रबार, असार २१, २०८१
डेंगु रोगको सङ्क्रमण हाल सम्म देशको ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण प्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको...
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता
बुधबार, असार १९, २०८१
काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् । ती सबै अस्पताललाई गत जेठ २३ गते सूचना जारी गर्दै १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो ।
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन
बुधबार, असार १९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन आफु मातहतका प्रतिष्ठान, विभाग तथा अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल
बुधबार, असार १९, २०८१
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले आगामी ३० साउनका दिन यो प्रतिस्पर्धा गर्न लागेको हो । तर, प्रतिस्पर्धामा भाग लिने शिशुहरु प्रसूतिगृह अस्पतालमै जन्मेको हुनु पर्नेछ ।
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
मंगलबार, असार १८, २०८१
सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ?
मंगलबार, असार १८, २०८१
स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेको ४७ औँ दिनमा पहिलो पटक स्वास्थ्य पत्रकारसंग अन्तरक्रिया गरेका स्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो सम्वोधनको अन्त्यतिर भनेका थिए, ‘साउन महिना कट्न दिनुहोस बैद्यखाना कस्तो हुन्छ थाहा पाउनु हुन्छ । उनको संकेत थियो, एक महिना पछि बैद्यखानामा निकै नै सुधार हुन्छ ।’