Swasthya Awaj
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस कक्षाको तयारी, प्रदेश सरकारद्धारा स्वास्थ्य कार्यालयको भबन हस्तान्तरण ।

दाङः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एम.बि.बि.एसको कक्षा सन्चालन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ। प्रतिष्ठानका रजिष्ट्रार  प्राध्यापक श्याम लम्सालले एम.बि.बि.एसका कक्षाहरु सन्चालन यसै आर्थिक बर्षदेखि गर्ने गरि  ब्यापक तयारी पारिएको जानकारी दिए।


यसै क्रममा एम.बि.बि.एसकै तयारीका लागि जिल्ला स्वास्थ्य कार्यालय दाङले प्रयोग गर्दै आइरहेको कार्यालय भबन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले प्रतिष्ठानमा एम.बि.बि.एस कक्षा सन्चालनको तयारीका लागि भबन चाहिने भएकाले काममा सहजताका लागि स्वास्थ्य कार्यालयको भबन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरिएको बताए।

प्रतिष्ठानका उपकुलपति डा.बिकास लामिछानेले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई जनस्वास्थ्यको भबन उपलब्ध गराउन सहयोग गरेकोमा प्रदेश सरकार, प्रदेश स्वास्थ्यमन्त्री राजु खनाल, स्वास्थ्य सचिव डा जनार्दन पन्थीसहित सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद दिए।

रजिष्ट्रार लम्सालले स्वास्थ्य कार्यालयको भबनलाई एम.बि.बि.एसको सन्चालनको तयारी गर्न उपयोग गरिने बताए। उनले दिएको जानकारी अनुसार त्यस भबनमा एम.बि.बि.एस कक्षा सन्चालनका लागि नियुक्त हुने प्राध्यापकहरुको कार्यालय भबन र प्रतिष्ठानको प्रशासनिक भबनको रुपमा प्रयोग बतायका छन । 


स्थानीय रमेश ओलिका अनुसार उपकुलपति डा. बिकास लामिछाने र रजिष्ट्रार प्रा.श्याम लम्साल दुबै जना प्रतिष्ठान सञ्चालनको अनुभव भई सकेको हुँदा निजहरुले प्रतिष्ठानमा एम.बि.बि.एस सञ्चालन गर्न सक्ने कुरामा पूर्ण बिस्वस्थ्य रहेको र यस पहलले दाङबासी असाध्यै खुसि भएको बताएका छन । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update