Swasthya Awaj
नेपाल मेडिकल काउन्सिलद्धारा विसं २०८१ सालमा लिइने परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)

काठमाण्डौः नेपाल मेडिकल काउन्सिलले आगामी वर्ष लिने लाइसेन्स परीक्षाको तालिका सार्वजनिक गरेको छ । काउन्सिलले २०८१ मा लिने स्नातक तह र स्नातकोत्तर तहको लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो । 

काउन्सिलको तालिकाअनुसार स्नातक तहको लाइसेन्स परीक्षा जेठ, असोज र माघमा हुनेछ । स्नातकोत्तर तहको लाइसेन्स परीक्षाका लागि साउन, मंसिर र चैतमा मिति तोकिएको छ । 

वार्षिक तालिकाका साथै काउन्सिलले आगामी जेठमा हुने ६९औँ लाइसेन्स परीक्षाका लागि परीक्षा फारम समेत खुलाएको छ । जेठ ७, ८ र ९ गते हुने परीक्षाका लागि आवेदन फारम खुलाइएको हो । 

आवेदन फारम भर्ने मिति चैत २६ गतेदेखि बैशाख २५ गतेसम्म तोकिएको छ । बैशाख २६ र २७ गते बिलम्ब शुल्कसहित फारम भर्न सकिने काउन्सिलले जानकारी दिएको छ । 

8d03744e845aa57af624b6f1717138d3-1712209095.jpeg
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update