Swasthya Awaj
नेपालमा विद्युतीय चुरोटमाथि प्रतिबन्ध लगाइँदै

काठमाणडाै:  नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लाग्ने भएको छ । विद्युतीय चुरोट आयत, विक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइने बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भब्तबहादुर केसीले जानकारी दिनुभयो । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सुर्तीजन्य पदार्थ सम्बन्धि अनुसन्धानको रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै डा.केसीले यस्तो जानकारी दिनुभएको हो । 

स्वास्थ्य प्रवद्र्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका प्रमुख समेत रहनुभएका डा.केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब बराबरको विद्युतीय व्यापार हुने गरेको छ । एक वर्षमा ३२ लाख थान विद्युतीय चुराटका डिभाइस भित्रिने गरेको छ। बजारमा १० हजारदेखि १३ हजारसम्म विक्री हुँदै आएको छ । 

नेपालमा यसको उत्पादन हुँदैन । यसले नेपालको ठूलो धनराशी बाहिर जानुका साथै स्वास्थ्यमा धेरै हानी पु¥याइरहेकाले प्रतिबन्ध लगाउन लागिएको हो । विद्युतीय चुरोट प्रतिबन्ध लगाउन यसअघि नै प्रयास गरिए पनि निजी संस्थाले मुद्दा दायर गरेका कारण नसकिएको डा.केसीले जानकारी दिनुभयो । 

केसीका अनुसार यस मुद्दामा अहिले फैसला समेत  आइसकेको छ । सरकारको पक्षमा फैसला आएको छ । भविष्यमा यस खालका मुद्दा दायर गर्न नपाउने गरी फैसला आएको उहाँले बताउनुभयो । कानुनी बाटो खुलेसँगै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउन लागिएको डा.केसीले जानकारी दिनुभयो।

विद्युतीय चुरोटले स्वास्थ्यलाई हानी नगर्ने भन्ने भ्रमका कारण यसको प्रयोग बढिरहेको  प्रतिष्ठान सम्पन्न गरेको अनुसन्धानले निष्कर्ष निकालेको छ । विशेष गरी युवा जमात यसको लतमा परेको अनुसन्धानको रिपोर्टमा भनिएको छ । छिमेकी देश भारतमा पनि केही वर्षअगाडि नै यसमा प्रतिबन्ध लगाइसकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update