Swasthya Awaj
होस्टलको ५ तलाबाट हामफाल्दा नर्सिङ अध्ययरनरत छात्राको मृत्यु

दोलखा: पाँच तलामाथिबाट हामफाल्दा नर्सिङ अध्ययनरत युवतीको मृत्यु भएको छ । दोलखास्थित च्छोरोल्पा नर्सिङ कलेजमा  अध्ययनरत १९ वर्षीया करुणा अधिकारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अनुसार अधिकारीको स्थायी घर पोखरा हो । घर गएकी उनी बुधबार मात्रै दोलखा फर्किएकी थिइन् । बिहीबार उनी कलेजको होस्टलको ५ तलामाथिबाट हामफालेकी थिइन् । 

गम्भीर घाइते रहेकी उनलाई दोलखापछि थप उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

युवती डिप्रेसनको बिरामी समेत रहेको र औषधि खाइरहेको कलेज सञ्चालक पृथ्वीबहादुर श्रेष्ठलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update