Swasthya Awaj
मासु खाँदा हड्डी अड्किएर युवकको मृत्यु

चितवन: चितवनमा मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु भएको छ ।  तनहुँ सिद्धेश्वर नगरपालिका घर भई भरतपुर महानगरपालिका–१९ शरदानगर आएका करण सुनार मृत्यु भएको हो। 

करण  शरदानगरमा काकाको घरमा बस्दै आएका थिए । चैत १२ गते उनको घाँटीमा हड्डी अड्किएको थियो । त्यसपछि शारदानगरमै रहेको सिद्धेश्वर हेल्थ केयरमा जाँच गरी औषधि लिएर फर्किएका थिए । औषधि खाएर अंकलकै घरमा बसिरहेका बेला उनको स्वास्थ्यमा समस्या भएपछि बिहीबार भरतपुर अस्पताल लगिएको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपचारका क्रममा गएराति १२ः५० बजे किरणको मृत्यु भएको हो । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update