काठमाण्डाै: डढेलो, पूर्वाधार निर्माण, सवारीसाधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने लगायतका समस्या प्रत्यक्ष देखिन थालेका छन् ।
सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने/लगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएउने गरेको पाइन्छ ।
डढेलोका कारण वायुमण्डलमा परेको असरले श्वासप्रस्वासमा समस्या हुने गरेको बिजहरुकाे बनाइछ । दमका बिरामीलाई अस्पतालमा राखेर भर्ना गर्नुपर्ने, अक्सिजनको मात्रा कम हुनेलगायत समस्या देखिन थालेको छ । वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढ्दा मानव स्वास्थ्य नराम्रोसँग प्रभावित भइरहेको बिजहरुले बताएका छन ।
बिजहरुका अनुसार वायु प्रदूषणका कारण बालबालिकामा दमको समस्या देखापर्न सक्ने, बालबालिकामा झिज्झिन्ने, रुघाखोकी लाग्ने समस्या हुन सक्ने, वायुमण्डलमा भएको प्रदूषणका कारण मुख तथा नाक सुक्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहिर निस्कनेलगायत उपाय अपनाउन सकिने छ ।
त्यस्तै अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कने, थकान लाग्ने काम नगर्नेलगायत उपाय अपनाउँदा वायुमण्डलमा भएको प्रदूषणका कारण हुने समस्याबाट बाँच्न सकिने सुझाव बिज्ञले दिएका छन ।
वायुमण्डलमा भएको प्रदूषणका कारण टाउकोदेखि माथिका भागलाई असर गर्ने, आँखा पोल्ने, बिझाउने, सुक्खा हुने, पाक्नेलगायत समस्या देखिने गर्दछ । आँखा पोल्ने तथा बिझाउने हुँदा आँखा मिच्न नहुने, आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिने हुँदा त्यस्तो गर्न नहुने बिज्ञको भनाई छ । वायुमण्डलमा डढेलोका कारण अहिले देखिएको असरको दीर्घकालीन समस्या नहुने भए पनि यसबाट जोगिन जरुरी रहेको छ ।
बिभिन्न जिल्लामा रहेका सामुदायिक वन क्षेत्र, डिभिजन वन कार्यालयका वन क्षेत्र र निकुञ्ज क्षेत्रमा अहिले डढेलो लगाउने क्रम जारी छ । यसले गर्दा वायुमण्डल मात्रै प्रदूषण नभई आसपास बसोबास गर्ने बासिन्दाको धनकोसमेत क्षति हुन सक्ने हुँदा सावधानी अपनाउन पर्ने कुरालाई बिज्ञहरुले जोड दिएका छन ।