Swasthya Awaj
थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्ड-२०२४का लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?

काठमाडौं- थाइल्यान्ड सरकारले प्रदान गर्ने प्रिन्स महिडोल अवार्ड २०२४ का लागि आवेदन खुलेको छ। नेपालको चिकित्सा र सार्वजनिक स्वास्थ्यका क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थाले अवार्डका लागि आवेदन दिन सक्नेछन्।

परराष्ट्र मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा आएको पत्र अनुसार अवार्डका लागि अंग्रेजी क्यालेन्डर अनुसार मे महिनाको ३१ तारिखसम्म आवेदन दिन सकिने छ। अवार्डका लागि आवेदन दिनेले आफ्नो वा संस्थाको परिचयसहित गरेका कमको संक्षिप्त विवरण उल्लेख गरेर पठाउनु पर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार प्रिन्स माहिडोल फान्डेसनको वेभसाइट 

 https://www.princemahidolaward.org/ मा गएर अनलाइन आवेदन दिन सकिनेछ।

सूचना हेर्न यहाँ क्लिक गर्नु होस । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update