Swasthya Awaj
हस्पिटलको ‘स्ट्यान्डर्ड’ तोकौं,  त्यसअनुसार मूल्य लिने बनाउँ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं– उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निपजी अस्पतालको ‘स्ट्यान्डर्ड’ तोक्नुपर्ने बताएका छन्। त्यही अनुसारको शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने उनले बताएका हुन्। 

ह्याम्स अस्पतालले आयोजना गरेको ‘स्वास्थ्य हामी सवैको सरोकार विषयक’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘अस्पतालले कुन स्ट्यान्डर्डको सर्भिस (सेवा) दिन्छ। त्यही अनुसार शुल्क लिने बनाउनुपर्छ।’

उनले निजी अस्पतालले राज्यलाई सहयोग गरेको बताए। निजी अस्पताल हुँदा पनि सरकारी अस्पतालहरुमा भीड नघटेको बताए।

hams

सरकारीसँग निजीको प्रतिष्पर्धा होइन, साझेदारी हुनुपर्ने उनले उल्लेख गरे। अस्पतालका अध्यक्ष आर एस भण्डारीले आफूहरुले अस्पतालमा सेवाका लागि लगानी गरेको बताए। नेपालमै उत्कृष्ट स्वास्थ्य सेवा दिने लक्ष्यका साथ अस्पताल खोलिएको र त्यसमा आफूहरु सफल भइरहेको उनको भनाइ छ। 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update