-1712938165.png)
काठमाण्डाै: सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय अभियानका रुपमा वर्षको दुईपटक सञ्चालन हुने यस कार्यक्रममा वैशाख महिनालाई भने खोप महिनाका रुपमा लिंदै छुटेका खोप पनि दिने गरिन्छ ।
राष्ट्रिय खोप कार्यक्रमले हरेक वैशाख महिनामा खोज र खोप नीति अवलम्बन गरी नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोजेर छुट खोप दिएर पूर्णखोप सुनिश्चित गर्ने अवसरका रुपमा हेर्ने गरेको छ ।
गत वैशाख महिनाको यो अभियानमा ४० हजार ४६३ जना खोप लगाउन छुटेका बालबालिकालाई खोप दिइएको परिवार कल्याण महाशाखाले जनाएको छ । नजिकैको स्वास्थ्य संस्थामार्फत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउन तथा छुटेको खोप लगाउन परिवार कल्याण महाशाखाले सबैलाई आग्रह समेत गरेको छ ।