Swasthya Awaj
नेपाल विश्वमा आठौं प्रदूषित राष्ट्रको सूचीमा

काठमाडौं: नेपाल विश्वको आठौं प्रदूषित राष्ट्रको सूचीमा परेको छ । मुलुकको संघीय राजधानी विश्वको दोस्रो प्रदूषित सहरको सूचीमा पर्दा देश भने ‘टप टेन’ मा परेको छ हो ।

आईक्यू एयर इन्डेक्सका अनुसार विश्वको सबैभन्दा प्रदूषित देश बंगलादेश हो । बंगलादेशको राजधानी ढाका नेपालको राजधानीभन्दा एकतह मुनी ‘टप थ्री’ प्रदूषित सहरको सूचीमा पर्दा देशले भने नेपाललाई उछिनेर विश्व रेकर्ड राखेक छ ।

बंगलादेशपछि पाकिस्तान परेको छ । विश्वको प्रदूषित राष्ट्रको सूचीमा दुई नम्बरमा परेको पाकिस्तानको राजधनी लाहोरले विश्वमै रेकर्ड कायम गरेको छ । लाहोर विश्वकै प्रदूषित राजधानी हो ।

विश्वको तेस्रो प्रदूषित देश भारत हो । भारतपछि ताजिकिस्तान र बुर्किना फासो आउँछ ।  त्यसलाई पछ्याउनेमा इराक र युएई पर्छन् । त्यसपछि नेपाल लाइनमा देखिन्छ । नेपालपछि इजिप्ट र कंगो ‘टप टेन’ प्रदूषित देशमा परेका छन् ।  प्रदूूूषणका हिसाबले नेपाल देश र राजधानी काठमाडौं खराब हालतमा देखिन्छन्  ।

यस्तो छ  प्रदूषित देशको सूची

१. बंगलादेश

२. पाकिस्तान

३. भारत

४. ताजकिस्तान

५. बुर्किना फासो

६. इराक

७. युएई

८. नेपाल

९. इजिप्ट

१०. कंगो

११. कुवेत

१२. बहराइन

१३. कतार

१४. इन्डोनेसिया

१५. रुवाण्डा

१६. जिम्बावे

१७. घाना

१८. किर्जेकिस्तान

१९. चीन

२०. लिबिया

स्रोत : वर्ल्ड आईक्यू

याे पनि पढ्नुहाेस: वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन चिकित्सकको सुझाव

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update