काठमाण्डाै: केराटिन भनेको सामान्य रूपमा बुझ्दा प्रोटिन हो । जुन हाम्रो कपालमै पनि हुन्छ । केराटिन आफैँमा हानिकारक होइन । केराटिनले कपाललाई राम्रै गर्ने हो ।
केराटिनजस्ता रसायनिक तत्व कपाल स्ट्रेट गर्नलाई प्रयोग गर्छौँ । ती केराटिन रहिरहोस् भनेर अन्य रसायनिक तत्व प्रयोग गरिएको हुन्छ । त्यस्ता रसायनिक तत्वले चाहिँ कालान्तरमा कपाललाई हानि गर्छन् ।
तुरुन्तै हेर्दा त्यसको असर कपाल स्ट्रेट भएको देखिन्छ । राम्रो पनि देखिन्छ । तर कालान्तरमा कपाल टुक्रिने, खुइलिने, हाँगा फाटिने जस्ता समस्याहरू देखिन्छन् । त्यसैले केराटिन मात्र लगाउने हो फाइदाजनक नै हुन्छ । तर त्यसको प्रक्रिया हुन्छ त्यसले नकारात्मक असर गर्छ।
आइरन गर्ने, कपाल स्ट्रेट पार्नका लागि केमिकल प्रयोग हुने, कलर गर्नलाई ब्लीच गरिन्छ । ब्लीच नगरेसम्म कलर लाग्दैन । त्यसले गर्दा कपाललाई हानि हुन्छ ।
-डा. इशा पौडेल कोइराला
छाला तथा कपाल प्रत्यारोपण विशेषज्ञ