क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान

काठमाडौं: सरकारले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नका लागि पूर्व स्वीकृती दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती प्रदान गर्न क्याबिनेटमा प्रस्ताव लगेको थियो ।
क्याबिनेटले सोही प्रस्तावलाई दिएको हो । यससँगै विभागको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने बाटो खुला भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १७:५४
प्रतिक्रिया दिनुहोस्