Swasthya Awaj
स्वास्थ्य अनुसन्धान परिषद्ले दिने अवार्डका लागि आवेदन माग

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न ४ विधामा अवार्डका लागि  आवेदन माग गरेको छ । परिष्दको स्थापना दिवसका अवसरामा आयोजना हुने दशौ राष्ट्रिय शिखर सम्मेलनमा दिइने अवार्डका लागि आवेदन माग गरिएको हो । 

परिषद्को दशौँ शिखर सम्मेलन १० देखि १२ अप्रिलमा आयोजना हुँदैछ।  विगतमा वर्षमा झै यस वर्ष पनि दिइँदै आएको ४ विधाका अवार्डका लागि परिषद्ले आवेदन माग गरको हो 

ab7bda8730a7f621ff22018816daf45d-1711001332.jpeg
 

हेल्थ रिसर्च अवार्ड, योङ हेल्थ रिसर्च अवार्ड, मृगेन्द्र सम्झना ट्रस्ट योङ हेल्थ रिसर्च अवार्डका लागि आवेदन माग गरिएको छ । 

मृगेन्द्र सम्झना ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड’ दुई जनालाई दिइने परिषद्ले जनाएको छ । एउटा मेडिकल डाक्टरलाई र अर्काे परिषद्का कर्मचारीलाई दिइने छ। 

Photo-1711001446.jpeg
 

परिषद्ले विगतका वर्षहरुमा स्वास्थ्यका विषयमा गरिएको अनुसन्धान मध्येबाट पुरस्कृत गर्ने गरेको हो । 

सबै अवार्डका लागि आवेदन दिने व्यक्ति नेपाली नागरिक हुनुपर्ने र अनुसन्धान नेपालमै गरेको हुनुपर्ने परिषद्ले जनाएको छ । 

तोकिएको योग्यता पुगेका इच्छुकलाई यही चैत १६ गतेसम्म आवेदन दिन भनिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update