Swasthya Awaj
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका

काठमाडौं: जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उप-प्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसहितको प्रतिनिधीमण्डल अमेरिका जान लागेका छन् ।

मन्त्रीको नेतृत्वको सो भ्रमण २७ अप्रिल (१६ बैशाख) शनिबार अमेरिका गएर ३ मे मा फर्कने कार्यक्रम रहेको छ । उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह—सचिव रहनेछन् ।

सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुखका डा. दासले जानकारी दिए । मन्त्री यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेपछिको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।

उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री यसअघि २०७५/०७६ मा पनि स्वास्थ्य मन्त्रालय सम्हालेका थिए । सो बेला १४ महिनामा १५ पटक विदेश भ्रमण गएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update