
काठमाण्डौः काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालका जुनसुकै पालिकाको भए पनि अशक्त र गरीब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् । देशभरका पालिकाबाट आउने गरीव तथा अशक्त बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाइएको बताइएको छ । उनले सो सुविधा लिनका लागि बिरामी पक्षले आफ्नो पालिकबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौँ महानगरपालिकामा आउन भनेका छन् ।
उनले महानगरसंग विभिन्न ४३ वटा अस्पतालका ३२३ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुने जानकारी दिए । उनले थप जानकारी लागि महानगरको स्वास्थ्य विभागको निशुल्क हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न भनेका छन् ।
नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० घ मा समेत उल्लेख छ । महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार महानगरपालिका क्षेत्र भित्र रहेका निजी तथा सामुदायिक अस्पतालले कुल शैयाको १० प्रतिशत विपन्न असाहाय र वेवारिसे नागरिकको उपचारका लागि छुट्याउनु पर्ने उल्लेख छ । अस्पतालहरुले उनीहरुका लागि लाग्ने सम्पूर्ण उपचार खर्च निःशुल्क गर्नु पर्ने व्यवस्था छ । बालेनले सोही व्यवस्थाको कार्यान्वयन गरिएको जनाएका हुन् ।