Swasthya Awaj
आज देखि लगानी सम्मेलन सुरु, २ वटा स्वास्थ्यका परियोजना प्रस्तुत हुने

काठमाण्डौः आज देखि सुरु हुने लगानी सम्मेलमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिने नेपाल लगानी बोर्डले जानकारी दिएको छ । लगानीका निम्ति प्रस्तुत गरिने परियोजना सम्बन्धी विस्तृत विवरण सहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलन स्थलमा राखिने छ भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति ९ खर्ब बराबरका १ सय ५१ परियोजना प्रस्तुत गरिँदै छन्। सम्मेलनमा स्वास्थ्य क्षेत्रका दुई परियोजना प्रस्तुत हुनेछन् । परियोजनामा गौतमबुद्ध प्रसूति अस्पताल र धुलिखेल मेडिसिटी परियोजना रहेका छन्।  गौतम बुद्ध इन्टरनेसनल म्याटरनिटी प्रोजेक्टु नाम दिइएको उक्त अस्पताल ‘मेडिकल टुरिजमका लगानी प्रस्ताव गर्न लागिएको हो। एकड क्षेत्रफलमा बनाइने प्रस्ताव गरिएको अस्पताल पाँच वर्षभित्र निर्माण पूरा हुनेछ । अस्पतालका लागि झन्डै साढे चार अर्ब प्रस्ताव गरिएको छ।

शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको ठाउँमा सन्तान जन्माउने अवसर उक्त अस्पतालले दिने भनिएको छ । अस्पतालमा प्रसूति  तथा स्त्रीरोग, बालारोग, आइभीएफ, कार्डियोलोजी, न्युरोलोजी, पल्मानोलोजी, अर्थोपेडिक्स, युरोलोजी, प्याथोलोजी, रेनल साइन्सेज, साइकोथेरापी, इमर्जेन्सी ट्रमा सेन्टर रहने बताइएको छ। उक्त अस्पतालमा एन्टरनेटल र नियोनेटल केयर युनिटमा केन्द्रीत हुनुका साथै प्राकृतिक विधिबाट गरिने उपचार सेवाका लागि मायादेवी वेलनेस एन्ड मेडिटेसन सेन्टर रहेन छ। 

अत्याधुनिक उपचार सेवा हुने अस्पतालमा ल्याब, ब्लड बैंक, डायग्नोष्टिक सेवा हुनेछन्। सँगै एउटा अपार्टमेन्ट र गेस्ट हाउसको परिकल्पना गरिएको छ । जहाँ लामो समय उपचार सेवामा रहनुपर्ने आमा र बच्चाका साथै उनीहरुका आफन्त बस्ने व्यवस्था हुनेछ। यसैगरी धुलिखेल मेडिसिटी  अस्पतालका लागि यसअघि नै ७ करोड ४० लाख डलरको प्रस्ताव गरिएको थियो। यसपल्ट पनि त्यही दोहोरिनेछ।

भोलि सोमबार समापन हुनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update