जुम्लाः यही बैशाख २२ र २३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो सामुदायिक मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स जनरल अस्पतालको साइक्याट्रिक विभाग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा उक्त अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हाे ।
विगत १६ वर्षदेखि हार्डवर्ड मेडिकल स्कुलको साइक्याट्रिक विभागमा कार्यरत डा. श्रीधर पौडेलले म्यासाचुसेट्स अस्पतालका तर्फबाट सम्मेलनको संयोजन गर्दैछन् । समुदायमा आधारित मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था सबैलाई सम्मेलनमा बोलाइने प्रतिष्ठानले जानकारी दिएको छ ।
सम्मेलनमा प्रस्तुतीका लागि ५० निवदेन परेका र न्यसको छनोट गर्ने काम भइरहेको छ प्रतिष्ठानले जनाएको छ । मानसिक स्वास्थ्यका क्षेत्रमा कसैले कुनै अनुसन्धान गरेको वा कार्यक्रम चलाइरहेको भए त्यसका बारेमा सम्मेलनमा प्रस्तुती राख्न दिइने योजना प्रतिष्ठानको छ ।
सम्मेलनको नारा ‘सबैको मानसिक स्वास्थ्यका लाथि नवप्रर्वतन तथा सहकार्य’ राखिएको छ । नेपालको मानसिक स्वास्थ्यको उपचार पद्धति परम्परागत नै रहेको र सम्मेलनले उपचार पद्धतिमा नवीनताको सुरुवात गर्नका लागि भूमिका खेल्न विश्वास प्रतिष्ठानको छ ।