
काठमाण्डौः चाँगुनारायण नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमका बीच वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गरिएको हो । वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक गर्दै देशभरका ७५३ वटा पालिकामध्ये चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका बन्न सफल भएको छ ।
नगरपालिकाले कार्य योजना निमार्णका लागि नगर प्रवक्ता जनक खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले सरोकारवालाहरुसँग ब्यापक छलफल पश्चात नगरपालिकाले एक कार्यक्रमका बिच सार्वजनीक गरेको हो ।
नेपालको संविधान २०७२ को धारा ३० ले सबै नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे बमोजीम चाँगुनारायण नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियान अन्र्तगत वायु गुणस्तर सुधारको लागि पहिलो चरणमा वायू गुणस्तर योजना निर्माण गरी कार्यान्वयनको चरणमा अगाडि बढेको नगरपालिकाले बताएको छ ।
नगरपालिकाको २०७९ पुष महिनाको २४ गतेको १६ औं कार्यपालिका बैठकको निर्णय अनुसार वायु गुणस्तर ब्यवस्थापन योजना लागि पाँच सदस्यिय कार्यदल गठन भई कार्य प्रारम्भ गरेको र कार्यदलले विभिन्न चरणमा नागरिक सञ्जाल, ईट्टा उद्योग ब्यवसायी, फोहोरमैला संकलन तथा ब्यवस्थापन गर्ने सेवा प्रदायक संस्था, सार्वजनिक यातायात ब्यवसायी, विद्यालय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र विषयगत शाखा लगायत सरोकारवाला ब्यक्ति तथा संस्थाहरुसँग बैठक, समूहगत छलफल र अन्र्तक्रिया लगायतका कार्य गरी जनस्तरबाट राय सुझाव संकलन गरेर कार्ययोजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
चाँगुनारायण नगरपालिका क्षेत्रको वायू गुणस्तर सुधारको लागि यूएसएआईडी स्वच्छ हावा परियोजना र वातवारण तथा जनस्वास्थ्य संस्था एन्फोको सहयोगमा नगरपालिकाको वायू गुणस्तर योजना २०८० तयार पारिएको हो । नगरपालिकाले तीन वर्षे वायू गुणस्तर योजनालाई कार्यान्वयन गर्न आफ्नो आन्तरिक स्रोत साधनको साथै सहयोगी संघंस्थाहरुको सहयोगलाई समेत जोडेर योजना कार्यान्वयनको चरणमा अगाडि बढ्नेछ ।