
काठमाण्डौः शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोपमा गल्याङ नगरपालिका स्याङ्जा अन्तर्गत सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको एस.एल.सी. तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा नक्कली रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।
माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकार अन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई तह/तह हुँदै सिनियर अहेव (छैटौं अधिकृत) सम्म बढुवा भएको पाइएको,
माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसीबाट जारी भएको प्रमाणपत्र छानबिनका क्रममा नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ । उक्त नक्कली प्रमाण पत्र देखाएर जागिर खानेर छैटौँ तह सम्म बढुवा भई लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारले जानकारी दिएका छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६९१० बमोजिमको कसुर गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।