Swasthya Awaj
हात्तीपाइले रोग विरुद्धको औषधी सेवनबाट एक जना महिलाको मृत्यु

झापाः भद्रपुर १ निवासी ६५ वर्षिया महिलाको बैशाख २० गते हात्तिपाईले बिरुद्ध को औषधी सेवनका कारण मृत्युु भएको छ । 

परिवारले खाली पेटमा जबर्जस्ती औषधी खान लगाएको हुँदा औषधी सेवन लगत्तै स्वास्थ्यमा समस्या आई अस्पताल लाने क्रममा निधन भएको बताइएको छ । उक्त घटना लगत्तै स्वास्थ्य मन्त्रालयको टोली त्यस तर्फ लागेको छ ।

घटनाको बारेमा थप जानकारी आउन बाँकी रहको हुँदा मन्त्रालयले थप अनुसन्धान पश्चात जानकारी गराउने बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update