
काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैर नाफामुलक सामादायिक स्वास्थ्य संस्था संचालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु नहुने ब्यबस्था बमोजिम तोकिएको मापदण्ड विपरीत स्वास्थ्य सेवा सञ्चालन गरि रहेका सेवा प्रदायक संस्थालाई मापदण्ड अनुरुप संचालनमा नभएको देखिएमा कारबाहीको चेतावनी दिएको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड बमोजिम नभएको, अनुमति नलिई सञ्चालन गरेको तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने गरि सूचना जारी गरेको हो ।
मन्त्रालयले स्वास्थ्य सेवासँग सम्बन्धित् संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिक लगायतका संस्थालाई तत्काल स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलीत कानुनको पूर्ण पालना गरेर मात्र संचालन गर्न अनुरोध समेत गरेको छ ।
मन्त्रालयले तोकिएको मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्था संचालकलाई प्रचलीत कानुन बमोजिम कारबाही गर्ने चेतावनीको परिपत्र गरेको छ ।