
काठमाण्डौः गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।
दुखाई कम गर्ने औषधिको रुपमा चिनिएको यी दुई औषधिहरुका एकल वा समिश्रण औषधिहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचीमा समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले दुखाई कम गर्ने यी औषधिहरुको दुरुपयोग बढी हुने गरेकोले सरकारले यस्तो निर्णग गरेको बताएका छन । औषधिहरुको दुरुपयोग भएमा अव सिधै प्रहरीले लागू औषध (नियन्त्रण) ऐन बमोजिम कार्वाही अघि बढाउन सक्ने बताए ।
‘पहिले यसको दुरुपयोग हुँदा औषधि ऐन अनुसार कार्वाही गर्नु पर्दथ्यो अब चाहि लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार हुने कानुनि ब्यबस्था भएको र अव उप्रान्त मन्त्रालयले कढाईका साथ हेर्ने र सबै सचेत नागरीक लाई त्यस्तो दुरुपयोगको अबस्था भए सिकायत गर्न अनुरोध गरेको छ ।