Swasthya Awaj
नर्सिङ विषयमा पीएचडी गर्ने २८ जना नर्सहरु सम्मानित

काठमाण्डौः २०४ औं अन्तराष्ट्रिय नर्सिङ दिवस तथा १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनको अवसरमा नेपाल नर्सिङ संघले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरेको हो ।

नेपालमा सन् २०१२ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले नर्सिङ विषयमा विद्यावारिधि सुरु गरेको हो । त्यस यताको १२ वर्षमा २८ जना नर्सहरुले पीएचडी पुरा गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई सम्मान गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले संघका सदस्य एवं म्यानमारका लागि पूर्वराजदूत गुणलक्ष्मी श्रेष्ठ र विशेष सचिव बनेकी विजया केसीलाई समेत सम्मान गरेका थिए ।

यी हुन् डाक्टर उपाधी पाएका नर्सहरु

डा सरला श्रेष्ठ, डा सरला जोशी , डा तारा शाह, डा नर्वदा थापा, डा अर्चना पाण्डे, डा मुना शर्मा, डा रोजी श्रेष्ठ, डा कल्पना पौडेल, डा कल्पना पौडेल शर्मा, डा तुमला श्रेष्ठ, डा रेखा तिमल्सेना, डा विमला पन्थी, डा लक्ष्मी तामाङ, डा लक्ष्मी ठाकुर, डा सरस्वती शर्मा, डा सुशीला भण्डारी, डा कुन्ता पुन, डा शर्मिला श्रेष्ठ, डा सम्झना सुवेदी, डा रिना श्रेष्ठ, डा साबित्री सापकोटा, डा सितल गौतम, डा सुशीला पौडेल, डा देवका आचार्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update