प्रदीप यादवले स्वास्थ्यमन्त्रीको सपथ लिए

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जनता समाजवादी पार्टीका सचिव प्रदीप यादव नियुक्त भएका छन्। यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री यादवले सोमबार राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खाएका छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो। उक्त पदमा अशोक राई नेतृत्वको जसपाका सांसद प्रदीप यादव मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुन्।
यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त भएकी छिन्।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ १७:२२
प्रतिक्रिया दिनुहोस्