Swasthya Awaj
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न माग गर्यो फ्याकल्टी

काठमाण्डौः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न फ्याकल्टी माग गर्दै आवेदन खुलाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विज्ञान संकायले चिकित्सा शिक्षा तर्फको स्नातक तहको शैक्षिक कार्यक्रम एमबीबीएस सञ्चालनका लागि विभिन्न विषयका फ्याकल्टी माग गर्दै आवेदन खुलाएको हो। 

प्रतिष्ठानले एनाटोमी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, साइकोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, अप्थाल्मोलोजी, जिपी तथा इमजेन्सी मेडिसिन विषयमा प्रोफेसर, असोसियट प्रोफेसर र असिस्टेन्ट प्रोफेसर पदका लागि आवेदन माग गरेको हो। इच्छुक व्यक्तिहरुले आफ्नो बायोटाडा सहित प्रतिष्ठानको इमेल ठेगानामा आवेदन दिन सक्नेछन्। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update