Swasthya Awaj
ठूला नेताको पछि नलागेको भए दुर्गा प्रसाईँ उहिल्यै जेल पर्थेः डा. गोबिन्द केसी

काठमाण्डौः डा.गोविन्द केसी चिकित्सा शिक्षा र स्वास्थ्यका विभिन्न मागहरू राखेर गत बैशाख २९ गते देखि पशुपतिको मृगस्थिलीमा २२औँ पटक अनशनमा बसेका उनले ६ दिनपछि जेठ ३ गते अनशन तोडेकाथिए 

अनशन बसेको चौथो दिन स्वास्थ्य आवाजसंग कुराकानीका क्रममा डा.केसी मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध खनिए । प्रसाईँले आफू र आ–आफ्ना सहयोगीलाई पटक(पटक फोन गरेर धम्की दिने गरेको डा.केसीको आरोप छ । 

२०७५ साल पुसमा इलाममा गएर अनशन बस्दा प्रसाईँले एक अपराधिक पृष्ठभूमिका व्यक्तिलाई आफू विरुद्ध अनशन बसाएको डा.केसीले बताए। त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ताप्लेजुङका एमाले नेता योगेश भट्टराईको पनि हात रहेको उनले आरोप लगाए।

अघिल्लो वर्ष मंसिरमा धनगढी गएर अनशन बस्दा दुर्गा प्रसाईँले परिचालन गरेका व्यक्तिले गेटा मेडिकल कलेजभित्र अनशन बस्न नदिएको उनको आरोप छ । 

प्रसाईँले झापास्थित आफ्नो अस्पतालमा बिरामीलाई चर्को शुल्क लिएर लुट्ने गरेको आरोप केसीको छ । एक पटक उनको अस्पतालमा नक्कली डाक्टर समेत फेला परेकाले प्रसाईँको भागाभाग भएको डा.केसीले बताए । 

आफ्ना फट्याइँबाट बच्नकै लागि प्रसाईँ कहिले प्रचण्ड, कहिले ओली र कहिले पूर्वराजाको पछि लागेको केसीको आरोप छ । ठूला नेता तथा पूर्वराजाको पछि नलागेको भए । प्रसाईँ पहिल्यै जेल पर्ने दावी डा.केसीको छ । 

प्रसाईँ र उनका समर्थक युट्युबरले आफूविरुद्ध गलत हल्ला फैलाइरहेको आरोप उनको लगाएका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update