Swasthya Awaj
चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न अल्पसूचीमा परेकाहरुको अन्तर्वार्ता ८ असारका लागि तोकियो

काठमाडौँ: चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले अल्प सूचीमा परेका १२ जनाको अन्तर्वाता आगामी ८ असारका दिन लिने भएको छ । आयोगले आज सूचना जारी गर्दै असार ८ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाएको हो।

अल्पसूचीमा परेकाहरुलाई अन्तर्वार्तामा चार वर्षे व्यावसायिक कार्ययोजनासहितको सोच पत्रको १० मिनेट अवधीको पावरपोइन्ट प्रिजेन्टेशन लिई आउन भनेको छ । राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा तीन सिफ्टमा अन्तरवार्ता हुनेछ । नामसूची क्रमअनुसार बिहान ८ बजेदेखि नै अन्तर्वार्ता गरिने बताइएको छ।

अल्पसूचीमा परेकाहरुलाई अन्तर्वार्तामा चार वर्षे व्यावसायिक कार्ययोजनासहितको सोच पत्रको १० मिनेट अवधीको पावरपोइन्ट प्रिजेन्टेशन लिई आउन भनेको छ ।

समितिले यसअघि गत १६ मंसिरमा अल्पसूची प्रकाशित गरेपछि असहमति जनाउँदै एक आवेदकले उच्च अदालतमा रिट दायर गरेपछि समितिको काम रोकिएको थियो । तर गत १३ जेठमा उच्च अदालतले रिट खारेज गरिदिएको थियो । तर त्यसको आधिकारिक जानकारी २९ जेठमा प्राप्त भएपछि यो कार्य अघि बढाएको समितिले जनाएको छ ।

आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा। फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य थिए । ती मध्ये डा अधिकारीले राजिनामा दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update