Swasthya Awaj
ठुलो संख्यामा स्थायी कर्मचारीको पदपूर्ति गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बिज्ञापन

ललितपुर: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्थायी कर्मचारी नियुक्त, बढुवा तथा आन्तरीक प्रतिष्पर्धाबाट पदपुर्ति गर्नका लागि लोक सेवा आयोगको सहमती लिई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग मार्फत बिज्ञापन गरेको छ । 

खुल्ला तप्रतियोगिताबाट ३१ पद, कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि २६ पद र आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट ११ पदमा स्थायी पदपूर्ति गर्न विज्ञापन गरिएको छ । 

खुल्ला तर्फका धेरैजसो पदहरु प्राज्ञिक समूहका प्राध्यापक, सहप्राध्यापक र सहायक प्राध्यापकका रहेका छन् । यस बाहेक नर्सिङ, फार्मेस, प्रयोगशाला र प्रशासन तर्फका पदका लागि समेत प्रतिष्ठानले विज्ञापन गरेको छ । 

हाल नेपालमा दर्जन बढी स्वास्थ्य विज्ञान प्रतिष्ठान भए पनि नियमित रुपमा स्थायी पदपुर्तिको कार्य पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमित रुपमा गरिरहेको छ भने अन्य सबै प्रतिष्ठानको ब्यबस्थापकिय कमजोरीका कारण स्थायी पदपुर्ति गर्न सकिरहेका छैनन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update