Swasthya Awaj
अस्पतालले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका हुन् । 

 

 

 निजी अस्पतालले १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउनुपर्ने सरकारी नियम छ । मन्त्री यादवले औषधी र अप्रेसन पनि निःशुल्क गरिनुपर्ने बताए । ‘१० प्रतिशत बेड मात्रै निःशुल्क नभई औषधी र अप्रेसन पनि निःशुल्क होस् भनेर हामी लागी परेका छौँ ।’

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update