धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा
जनकपुर: अबिरल वर्षाका कारण जनकपुरस्थित प्रादेशिक अस्पताल डुबानमा परेको छ । सोमबार राति र मंगलबार बिहानको वर्षाले अस्पतालको प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउतले जानकारी दिएको छन् ।
राउतका अनुसार स्टोर पुरानो, जीर्ण भएका कारण पानी पसेर डुबानमा परेको हो । डुबानका कारण औषधिहरु पानीमा बगेका छन् । स्टोरका अन्य औषधि माथिल्लो तलामा राखेर सुरक्षित गरिएको छ । पानीमा बगेका औषधिहरु सलाइनका बोलत तथा सिरिन्ज रहेकाले धेरै औषधि नष्ट नभएको पनि उनको भनाइ छ । वर्षाका कारण जनकपुरका अन्य स्थान पनि डुबानमा परेका छन्।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १८:३६
प्रतिक्रिया दिनुहोस्