जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भित्र रहेका तमाम विकृति विरुद्ध ध्यानाकर्षण गराउदै नेपाल दरुण दल जुम्ला र नेपाल विद्यार्थी संघ जुम्लाले उपकुलपति डा.मंगल रावललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रलाई वेवास्था गर्दै उपकुलपति रावल मंगलवार विहानै जिल्ला छोडि भागेका छन् । प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गरिएको थियो ।
दुवै संघले प्रतिष्ठानको असक्षम नेतृत्व र ब्यवस्थापनका कारण विरामीहरुले सहज उपचार नपाउनु, अध्ययनका लागि आएका विद्यार्थीहरुले असल शैक्षिक वातावरण नहुनु र प्राध्यापकहरु नपाउने लगायतका समस्याहरुको समाधान सहित आइतवार प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई विभिन्न २२ बुदे माग राख्दै ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझाएको ४८ घण्टा भित्र ब्यवस्थापन मिलाउन उपकुलपतिको ध्यानाकर्ष गराए पनि उपकुलपति भने मागहरुलाई वेवास्थ गर्दै प्रतिष्ठान छोडेर काठमाण्डौ लागेका छन् ।
प्रतिष्ठान भित्रको ब्यथिति, पदाधिकारीले नियमावली विपरित गरेका गतिविधि र नेपाल तरुण दल नेविसंघले २२ बुदे माग सहित बुझाएको ज्ञापन पत्रको विषयमा जिल्लाको राजनीतिक दलले पनि चासो दिएर सर्वदलिय समिति समेत गठन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोगकत्वमा जिल्ला स्थिति सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु राखी समिति गठन गरिएको छ ।
जिल्ला स्थित राजनीतिक दलहरुले सर्वदलिय समिति गठन गरेपछि उपकुलपति भागेका छन् । २२ बुदे मागको सम्बोधन र सर्वदलिय समितिलाई जवाफ दिइ समस्याको समाधान गर्दै प्रतिष्ठालाई अघि बढाउनुको साटो उपकुलपति रातारात भाग्दा उपकुपतिको नियतमाथिनै प्रश्न खडा भएको छ ।
संस्था भित्रको कुरा संस्था भित्रै मिलाई सेवाग्राहीले सहज रुपमा स्वास्थ्य सेवा पाउने गरि ब्यवस्थापन गर्न प्रतिष्ठानमा कर्मचारीले पनि उपकुलपतिको ध्यानाकर्ष गराउदै विज्ञप्ती बुझाएका थिए । प्रतिष्ठानका कर्मचारीले उठाएको विषय, नेपाली काँग्रेसका भातृ संगठनले उठाएका २२ बुदे माग र जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा गठित सर्वदलित समिति संग छलफल गरि समस्याको समाधान गर्नुपर्ने ठाउमा किन भागेको भन्ने प्रश्नमा उपकुलपति रावलले अत्यावश्यक कामको लागि काठमाण्डौ जानुपरेकाले गएको वताए ।
प्रतिष्ठानमा उठेका समस्याहरुको समाधानका लागि प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको संयोजकत्वमा तिन सदस्यीय टोलि गठन गरेको उपकुलपतिले वताएपनि प्रतिष्ठान स्रोतका अनुसार प्रतिष्ठान भित्र कुनै पनि समिति गठन भएको छैन ।