
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन आफु मातहतका प्रतिष्ठान, विभाग तथा अस्पतालहरुलाई निर्देशन दिएको छ। संघीय मामिला मन्त्रालयको पत्रानुसार असार मसमान्तभित्र अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका, २०६४ को व्यवस्था बमोजिम प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो। मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएको हो।
'मन्त्रालय र अन्तर्गत संचालन हुने आयोजना/परियोजनामा आ.व. २०८१/८२ को लागि आवश्यक पर्ने अस्थायी दरवन्दी सिर्जना गर्ने सम्बन्धमा अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका, २०६४ को व्यवस्था बमोजिम यसै आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा स्वीकृत गराउनु पर्ने भएकोले प्रक्रिया अगाडि बढाउन अनुरोध छ' मन्त्रालयले एक सूचना जारी गर्दै भनेकाे छ।
अस्थायी दरबन्दी सम्बन्धि सुचना हेर्न यहाँ क्लिक गर्नुहोस ।