Swasthya Awaj
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता

काठमाडौंः जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजीनामा दिएका छन्।

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा रहेको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको थियो।

जसपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाइसकेका छन्। जसपाले नयाँ गठबन्धनमा सहभागी हुने तर्फ छलफल चलाइरहेको छ। यादव स्वास्थ्य मन्त्रीमै दोहोरिने लबिङमा छन्।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update