भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त
बाँकेः बाँके जिल्लामा स्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।
वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.थापाले पश्चिम क्षेत्रकै ठूलो सरकारी अस्पतालमा तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले कोभिड—१९ अघि र कोभिड—१९ का बेला पनि भेरीको जिम्मेवारी सम्हालिसकेका छन । कोभिड १९ मा उनले भेरी अस्पतालबाट प्रदान गरिने सेवामा महत्वपूर्ण भुमिका खेलेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ १६:४१
प्रतिक्रिया दिनुहोस्