बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राजीनामा

काठमाण्डौः बागमती प्रदेश सरकारबाट स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।उनी सहितका एमालेका सबै मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् ।
सोमबार स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमालेका पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष रानीनामा बुझाएका हुन् । २० चैत्रमा श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए ।
४ महिनामै स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन निर्माण गर्ने सहमति संघमा बनेसँगै प्रदेश सरकारमा पनि त्यसको असर पर्न थालेको हो ।
प्रकाशित मिति: सोमबार, असार २४, २०८१ २१:३१
प्रतिक्रिया दिनुहोस्