Swasthya Awaj
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् । सत्ता गठबन्धनमा फेरवल देखिएपछि जनता समाजबादी पार्टीबाट स्वास्थ्य मन्त्री रहेका प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले पदबाट राजिनामा दिएका थिए ।

प्रधानमन्त्री दाहालले उनीहरुको राजिनामा स्विकृत गर्दै सो मन्त्रालय आफैले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको सिफारिस अनुसार कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री स्वयंले आगामी २८ असारमा संसदमा विश्वासको मत लिने तालिका रहेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले)संगै अरु केही साना दलहरुको नयाँ गठबन्धन बन्ने निश्चित जस्तै देखिदाँ प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update